आलेख— प्रधानमन्त्री शेर बहादुर देउवाको राजकीय भारत भ्रमणबाट नेपाल–भारत सम्बन्ध थप उचाइमा —हरि प्रतिज्ञ

09/01/2017

नेपाल–भारतबीच पौराणिक कालदेखि रहिआएको अनुपम सम्बन्धलाई जसले जुन रुपमा व्याख्या गरे पनि यसभित्रको पवित्रता, आत्मीयता र भ्रातृत्व प्रेममा कहिल्यै कुनै नकारात्मक प्रभाव पर्न सक्दैन । प्रधानमन्त्री शेरबहादुर देउवाको गत साता सम्पन्न भारतको राजकीय भ्रमणका बेला उहाँप्रति औपचारिक र अनौपचारिक रुपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बाह्य मामिलामन्त्री सुष्मा स्वराजले गर्नुभएको स्वागत–सत्कार यस सत्यताको जीवन्त साक्षी बन्न पुगेको छ ।

भ्रमणको पहिलो दिन नयाँदिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि प्रधानमन्त्री देउवालाई भारतका बाह्य मामिलामन्त्री सुष्मा स्वराजले स्वागत गर्नुभएको थियो । विदेशी अतिथिहरुलाई प्रायः राज्यमन्त्रीस्तरबाट स्वागत गर्ने भारत सरकारको परम्परालाई यसरी विराम दिनुले प्रधानमन्त्री देउवाको भारत भ्रमणलाई आरम्भमै विशिष्ट बनाइदियो । हुन त २०६३ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्वागतको लागि भारतका तत्कालीन प्रधानमन्त्री डा.मनमोहन सिंह नै नयाँदिल्ली अन्तर्राष्ट्रिय विमानस्थल पुग्नु हुँदा यस्तै उदाहरण प्रस्तुत भएको थियो । नेपाललाई विशेष महत्व दिएकै कारण यसरी तत्कालीन प्रधानमन्त्री कोइराला र अहिले प्रधानमन्त्री देउवालाई स्वागत गरिएको स्वतः स्पष्ट छ । गिरिजाप्रसाद कोइरालापछि पनि नेपालका धेरै प्रधानमन्त्रीले भारतको भ्रमण गर्नुभयो तर उहाँहरुलाई आफ्नो शिष्टाचार परम्परा अनुसार नै भारतले स्वागत ग¥यो । कोइरालापछि पहिलोपटक भारतीय विदेशमन्त्रीस्तरबाट प्रधानमन्त्री देउवालाई स्वागत गरियो ।

यो भन्दा पनि महत्वपूर्ण घटना के हो भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री देउवालाई राजकीय भ्रमणका समयमा निर्धारित कार्यतालिका अगावै अघिल्लो दिन नै आफ्नो सरकारी निवास ७, लोक कल्याण मार्गमा आमन्त्रण गरी भेटवार्ता गर्नुभयो । अनौपचारिक भनिए पनि उक्त भेटवार्ता प्रधानमन्त्री देउवालाई भारतले दिएको विशेष महत्व नै हो । यसरी नै द्विपक्षीय समझदारी बढ्ने, गहिरो हुने र सम्बन्ध थप बलियो एवं सुमधुर हुने कूटनीतिक विज्ञहरुको भनाइ छ ।

दुवै देशका प्रधानमन्त्री अत्यन्त सहृदयतापूर्वक संयुक्त पत्रकार सम्मेलनमा प्रस्तुत हुनुभयो । उहाँहरुले आ–आफ्ना तर साझा एजेन्डाहरुलाई गरेको सम्बोधनबाट विगतमा नाकाबन्दीका कारण असहज बनेको दुई देशको प्राचीन कालदेखिको सम्बन्धमा फेरि सुमधुरता आइसकेको स्पष्ट भयो । 

प्रधानमन्त्री देउवालाई बोल्ने क्रममा खोकी लाग्दा भारतीय बाह्य मामिला मन्त्री सुष्मा स्ववराजले आपैंm उठेर पानी दिनुभएको दृश्यले पनि नेपाल–भारत सम्बन्धको प्रगाढता दर्शाएको थियो ।

भारतीय प्रधानमन्त्री मोदीले संयुक्त पत्रकार सम्मेलनमा पटकपटक प्रधानमन्त्री देउवालाई नामै लिएर आदर गर्नुभयो भने नेपाली जनतालाई पनि पटकपटक स्मरण गर्नुभयो । सोही समारोहमा दुवै प्रधानमन्त्रीले विद्युतीय प्रसारण लाइनको उद्घाटन गर्नुले पनि सुनमा सुगन्ध थपियो ।

नेपालले भारतबाट करिब ४०० मेघावाट बिजुली खरिद गरिरहेको अवस्थामा प्रधानमन्त्री देउवाले अरुण तेस्रो जस्तो ठूलो र महत्वपूर्ण जलविद्युत आयोजनामा देखिएका विवाद समाधान गरेको मात्र नभई भारतीय प्रधानमन्त्रीलाई शिलान्यासका लागि आमन्त्रण गर्नु अत्यन्त उत्साहजनक कुरा हो । संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवाको सो आमन्त्रणबाट आपूm खुसी भएको समेत बताउनुभएबाट सबैमा खुसियाली पैmलिनु स्वाभाविक थियो । भारतीय प्रधानमन्त्री मोदीले नेपालले हालै सम्पन्न गरेका स्थानीय निर्वाचनका लागि लोकतान्त्रिक नेपाललाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले निर्वाचनमार्पmत नेपालीले जारी राखेको लोकतान्त्रिक अभ्यासका  लागि विशेष धन्यवाद पनि ज्ञापन गर्नुभयो । 

द्विपक्षीय वार्तामा उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र भारतका बाह्य मामिलामन्त्री स्वराज पनि बस्नुभएको थियो । परराष्ट्र सचिव शंकरदास बैरागी र भारतका विदेश सचिव एस.जयशंकर हुनुहुन्थ्यो । सो सौहाद्र्रपूर्ण वार्ता र त्यसमा भएका सहमतिपछि लगत्तै संयुक्त पत्रकार सम्मेलन गरिएको थियो ।

भ्रमणको दोस्रो दिन दुवै देशका तर्पmबाट संयुक्त प्रेस विज्ञप्ति जारी भयो । उक्त राजकीय भ्रमण दुई देशबीचको सम्बन्ध थप सुदृढ र विकसित गरी सुमधुर बनाउने र आगामी दिनमा द्विपक्षीय हित र सो सम्बन्धमा थप विस्तार गर्ने कडीका रुपमा प्रष्ट देखियो ।

उच्चस्तरका यस्तै भ्रमणहरुको आदानप्रदानका माध्यमबाट द्विपक्षीय साझेदारी एवं समझदारीलाई अझ विकसित र विस्तारित बनाउन सकिन्छ, संयुक्त विज्ञप्तिमा भनिएको छ– “भारतीय प्रधानमन्त्रीले नेपालको तराई क्षेत्रमा हालै आएको बाढीले गरेको जनधनको क्षतिप्रति नेपाल सरकार र नेपाली जनताप्रति दुःख व्यक्त गर्नुभएको छ ।”

त्यसैगरी प्रधानमन्त्री देउवाले पनि भारतीय क्षेत्रमा आएको बाढीका कारण भएको क्षतिप्रति भारत सरकार र यहाँका नागरिकप्रति हार्दिक समवेदना र दुःख व्यक्त गरेका छन् ।

नेपाल–भारत पक्षीय प्रबुद्ध समूहले द्विपक्षीय सम्बन्ध सुधारमा जारी राखेका आपसी बैठक आदिका माध्यमबाट विकसित भएको परिस्थितिप्रति दुवै देशका प्रधानमन्त्रीले सन्तोष व्यक्त गरेका छन् ।

त्यसैगरी ४६ बुँदे सो वक्तव्यमा रक्षा सम्बन्धमा भारतले नेपाली सेनालाई प्राविधिक तालिम एवं अन्य क्षमता अभिवृद्धिमा आवश्यक सहयोगका लागि प्रधानमन्त्री देउवाले भारत सरकार र भारतीय सेनालाई धन्यवाद ज्ञापन पनि गरेका छन् ।

दिगो विकासका लागि साझेदारी कार्यक्रमअन्तर्गत सन् २०१६ मा स्थापित संयुक्त संयन्त्रको कार्यक्रममार्पmत नेपालमा जारी रहेका भारतीय आयोजनाहरुको कार्यान्वयन र यसको सम्पन्नताका लागि अघि बढाइएका कार्यप्रति पनि दुवै देशका प्रधानमन्त्रीले खुसी व्यक्त गर्नुभएको सो विज्ञप्तिमा उल्लेख छ ।

नेपाल सरकारले मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी आयोजनालाई प्राथमिकतायुक्त आयोजनामा समेटेको विषयमा प्रधानमन्त्री देउवाले जानकारी गराएको र उनको यो प्रस्तावमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खुसी व्यक्त गरेका छन् ।

नेपाल सरकारले घोषणा गरेका राष्ट्रिय प्राथमिकतायुक्त आयोजनाका लागि भारतले आवश्यक सहयोग उपलब्ध गराउनेमा जोड दिँदै विज्ञप्तिमा भनिएको छ– “पूर्वाधार निर्माणका माध्यमबाट अन्तरदेशीय सञ्जालको विकास गरिने तथा यसका माध्यमबाट दुई देश बीचमा जनताको तहमा सम्बन्ध र सम्पर्कको विकासमा सहयोग पुग्ने र यसमार्पmत आर्थिक विकासमा पनि सघाउ पुग्ने विश्वास लिएको छ ।”

त्यस्तै जलस्रोत क्षेत्रको विकास, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाका बारेमा आवश्यक छलफल भई यसका लागि सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने काम पनि भएको र चाँडो डिपिआर निर्माणका लागि आवश्यक निर्देशन दिइएको छ ।

त्यसैगरी जलस्रोत विकास, दुई देशबीचको विभिन्न क्षेत्रमा सञ्जालको विकास तथा आपसी सहयोग र सझेदारी, द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धन, विभिन्न क्षेत्रमा सहयोग अभिवृद्धि, नेपालमा सञ्चालित भारतीय आयोजनाहरुको प्रगतिका क्षेत्रमा पनि विज्ञप्तिमा उल्लेख छ ।

दुई देशबीचको सांस्कृतिक सम्बन्धको अभिवृद्धि र यसका माध्यमबाट जनस्तरको सम्बन्धमा विकास, अन्तर्राष्ट्रिय, क्षेत्रीय र उपक्षेत्रीय मञ्चहरुमा दुई देशको संयुक्त सहकार्यजस्ता विषयमा विज्ञप्ति समेटिएको छ ।

सोही दिन हस्ताक्षर भएका आठवटा विभिन्न समझदारी र सम्झौताका बारेमा पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री देउवाको भारत भ्रमणका सम्बन्धमा नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्व उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले व्यक्त गर्नुभएको अवधारणालाई यथार्थका रुपमा लिनुपर्छ ।

नेता निधिले प्रधानमन्त्री देउवाको भारतको राजकीय भ्रमण राजनीतिक, आर्थिक र कूटनीतिक रुपमा सफल भएको बताउनुभएको छ । 

सो धारणा व्यक्त गर्दा नेपाली कांग्रेसका कार्यवाहक सभापति रहेका निधिले प्रधानमन्त्री देउवाले गर्नुभएको छिमेकी मुलुक भारतको राजकीय भ्रमण सबै दृष्टिकोणले सफल भएको दाबी गर्नुभएको छ ।

“प्रधानमन्त्री देउवाको भारत भ्रमणले नेपाल–भारत सम्बन्ध राजनीतिक, आर्थिक र कूटनीति दृष्टिबाट सुदृढ भएको छ, भ्रमणले दुई देशको सम्बन्धलाई अभैm बलियो बनाएको छ र विश्वासको वातावरण बढेको छ”, उहाँले भन्नुभएको छ । भ्रमणले दुई देशको सम्बन्ध पहिलेभन्दा थप सुदृढ भएको उहाँको भनाइ छ, जसलाई भ्रमणको ऐनाका रुपमा लिनुपर्छ ।

प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा संविधान कार्यान्वयन सम्बन्धमा दिएको अभिव्यक्तिबारे कार्यवाहक सभापति निधिले संविधानलाई सर्वस्वीकार्य बनाउन अन्तर्राष्ट्रिय जगतको समेत सहयोग चाहिने सन्दर्भमा अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्र र संविधानको पक्षमा प्रधानमन्त्रीको अभिव्यक्ति परिपक्व र सार्थक भएको स्पष्ट पार्नुभयो ।

यसैगरी, सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल रहेको बताउनुभएको छ ।

एक साक्षात्कार कार्यक्रममा उहाँले भन्नुभयो– “भारत भ्रमणका बेला विपक्षी दलका नेताले प्रधानमन्त्री देउवाको जस्तो राजकीय सम्मान नपाएका कारण विरोधका लागि मात्र विरोध गरेका हुन् ।”

राज्यमन्त्री विष्टले भारत भ्रमणका बेला प्रधानमन्त्री देउवाले नेपालको तर्पmबाट स्पष्ट धारणा राखेको उल्लेख गर्दै प्रधानमन्त्रीको भ्रमणका विषयमा टिकाटिप्पणी र आलोचना गर्नुमा कुनै तुक नभएको स्पष्ट पार्नुभएको छ ।

प्रधानमन्त्री देउवाको भारतीय राष्ट्रपति, प्रमुख प्रतिपक्षी दलका नेताहरु तथा बिहार प्रान्तका मुख्यमन्त्रीलगायतसँगको उच्चस्तरीय भेट पनि निकै सौहाद्र्रपूर्ण एवं सुखद् रह्यो । 

यसरी हरेक दृष्टिकोणबाट प्रधानमन्त्री देउवाको राजकीय भारत भ्रमण अत्यन्त सफल, उपलब्धिपूर्ण र सुखद् रहेको छ । उहाँको भ्रमणबाट नेपालको बहुआयामिक द्रुततर विकासका अनेकौं मार्ग प्रशस्त भएका छ्न । यसै यथार्थलाई आत्मसात गरेर होला प्रधानमन्त्री देउवाले स्वदेश फर्किनासाथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो भारत भ्रमणले देशको शिर उँचो पारेको धारणा व्यक्त गर्नुभयो । विगत केही दिन यतादेखि नेपाल–भारतको अनन्त कालदेखिको सुमधुर सम्बन्धमाथि मडारिएका काला बादल प्रधानमन्त्री देउवाको भ्रमणबाट विलुप्त भएका छन् र सर्वत्र हर्षोल्लासको उज्यालो पैmलिएको छ । नेपाल–भारतबीचको मित्रता संसारमा बिरलै देशहरुमा पाइने यथार्थलाई भविष्यमा पनि कसैले कुनै पनि बहानामा ओझेलमा पार्न सक्दैनन् । 

Related News

PM Prachanda apprises House of his India visit

Kathmandu, Sept 14:Prime Minister Pushpa Kamal Dahal Prachanda has said that his state visit to the southern neighbour India, beginning from tomorrow would be focused on improving mutual trust and confidence with a very good intention.  Delivering his statement of public importance regarding his India visit at the Legislature-Parliament meeting…

PM Dahal lands in Delhi, Swaraj receives him

New Delhi,  September 15, 2016 : Prime Minister Pushpa Kamal Dahal, who embarked on a four-day state visit to India, landed at the Indira Gandhi International Airport in New Delhi on Thursday. Indian External Affairs Minister Sushma Swaraj received the Nepali Prime Minister at the Airport. Leading a delegation, PM…

Nepal, India PMs stress Constitution implementation in Nepal

KATHMANDU, 16 Sept. : Prime Ministers of Nepal and India, Pushpa Kamal Dahal and Narendra Modi respectively, on Friday stressed new Constitution implementation in Nepal as they addressed a joint press conference in New Delhi. Reiterating that the countries share historical relationships in various aspects, the PMs also stressed that the…

India visit very successful : PM Dahal

New Delhi, Sept. 18: Prime Minister Pushpa Kamal Dahal ‘Prachanda’ has assessed his state visit to India as being very successful. “Before I embarked on this visit, I felt it had both challenges and opportunities, but now I am confident I have turned the challenges into opportunities,” Prime Minister Prachanda…

Constitution Day being marked as national festival today

Kathmandu, Sept 19: One year has passed since the promulgation of the constitution of a Federal Democratic Republic of Nepal. The country marks the first anniversary of the constitution’s promulgation through the Constituent Assembly today, meeting people’s aspirations for long. The government is marking this special day as a national…

Government working to make constitution acceptable to all, address voices of Madheshi, Tharus: PM Prachanda

Kathmandu, Sept 19: Prime Minister Pushpa Kamal Dahal Prachanda has said the government was serious toward addressing the grudges of the Madeshi, Tharu and ethnic communities over the constitution through its amendment.  Addressing a special ceremony organised today at the Army Pavilion, Tundikhel on the occasion of the Constitution Day,…

Video

Find Us on Facebook

From Social

Tokyo (Japan), Sept. 13: A new leadership assumed responsibilities at the Non Resident Nepalese Association (NRNA), Japan on Sunday. The new office bearers took oath of office and secrecy after a long fought battle resulting from dissatisfaction from those who…

Lama led officials assume responsibility in NRNA Japan