नेपाल–भारत काव्य सन्ध्या

11/25/2018

काठमाडौँ, ८ मङ्सिर ।  नेपाल र भारतका साहित्यकारले दुई देशको सम्बन्ध प्राज्ञिक हिसाबले सुमधुर रहेको बताएका छन् । 


भौगोलिक सीमाका कारण अलग रहे पनि भाषिक, धार्मिक र सांस्कृतिक हिसाबले सम्बन्ध सद्भावपूर्ण रहेको उनीहरुको भनाइ छ ।

साहित्यिक यात्रामा सहभागी ४० जना भारतीय साहित्यकारलाई आज राजधानीमा स्वागत गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले भारत र नेपालको सम्बन्ध राजनीतिक र आर्थिकरुपमा झैँ सामाजिक र संस्कृतिक दृष्टिले पनि प्रगाढ रहेको बताउनुभयो ।

आज प्रतिष्ठान र हिमालिनी साहित्यक पत्रिकाको आयोजनामा भएको भारतीय साहित्यकारको स्वागत तथा नेपाल–भारत काव्य सन्ध्या कार्यक्रममा उहाँले नेपाल र भारतबीचमा सद्भाव बढाउने काम प्रतिष्ठानले नियमित गर्दै आएको धारणा व्यक्त गर्नुभयो ।

कुलपति उप्रेतीले यो कार्यक्रम प्राज्ञिक तवरबाट सम्बन्धलाई उच्चस्तरमा लैजाने प्रयत्न भएकोे जानकारी दिँदै अन्य देशसँगसमेत साहित्यमा सहकार्य गर्दै अघि बढेको जानकारी दिनुभयो ।

भारतीय साहित्यकार टोलीका प्रमुख डा रामचन्द्र रायले दुई देशबीचको सम्बन्ध अटुट रहेको भन्दै कार्यक्रमले थप सम्बन्ध विस्तार भएको बताउनुभयो ।

कार्यक्रममा नेपालका १० र भारतका १० जना कविले विभिन्न भाषामा रचना वाचनसमेत गरेका थिए ।

त्रिभुवन विश्वविद्यालयको हिन्दी विभागकी पूर्वविभागीय प्रमुख स्वेता दिप्तीले सांस्कृतिक, परम्परा र सामाजिकरुपमा नेपाल र भारतको एकता मजबुद रहेको बताउँदै साहित्य सीमाहीन हुने बताउनुभयो ।

भारतको केदारनाथबाट शुरु हुने तीर्थयात्रा नेपालको पशुपतिमा आएर अन्त्य हुने भएकाले पनि नेपाल र भारतको सम्बन्ध उच्च रहेको बताउँदै उहाँले यो सम्बन्धलाई अझ प्रगाढ बनाउन यसप्रकारका साहित्यक गोष्ठी निरन्तर हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्याय, हिन्दी भाषाको हिमालिनी साहित्यिक पत्रिकाका प्रबन्ध निर्देशक सच्चिदानन्द मिश्रले हरेक दृष्टिकोणले नेपाल भारतबीच महत्वपूर्ण सम्बन्ध रहेको चर्चा गर्नुभयो ।

त्रिभुवन विश्वविद्यालय हिन्दी विभाग र विश्वशान्ति निकेतनको आयोजनामा शुक्रबार र शनिबार भएको ‘साहित्यको विश्वव्यापीकरणमा अनुवादको भूमिका र आवश्यकता’ विषयक काव्य गोष्ठीमा सहभागी हुन भारतीय साहित्यकार नेपाल आएका हुन्् ।

कार्यक्रममा भारतको उडिसा, कास्मीर, आसाम, केरला, पश्चिम बङ्गाल, विहार, झारखण्डका साहित्यकार सहभागी थिए । रासस

Related News

One door policy to collect entry fee in Patan museum and durbar square

Lalitpur, Sept 14: An agreement has been reached between Patan Durbar Square and Museum to implement the one door policy to collect the entry fee for the visitors.  The agreement will come into force from September 17.  Before the agreement, the museum office used to collect the entry fee for…

Ajay Devgn is flying high with Kajol

Hiren Kotwani| TNN | Sep 24 : Living on a chartered plane could well be Ajay Devgn's adaptation of John Denver's song, 'Leaving On A Jet Plane'. Blame it on the actor-filmmaker's choc-a-bloc schedule for the promotions of his upcoming Diwali release, 'Shivaay'. Ajay, who departed from Mumbai on Tuesday night with wife Kajol, had an…

Deepika Padukone is fearless in xXx sequel

MUMBAI, Oct. 6 : Deepika Padukone, who is gearing up for the release of her debut international film xXx: The Return Of Xander Cage, has described her character as “reckless, fearless and relentless.” Deepika shared a 15-second-long video on her Instagram page and described her character thus. The Bajirao Mastani-star captioned the…

When Bipasha Basu made headlines

MUMBAI, Oct. 8: No, wait! The reason is not what your naughty minds are thinking about. We all know that both Bipasha Basu and her hubby Karan Singh Grover are head-over-heels in love with each other. They had one of the most enviable weddings ever and still continue to be…

Interesting statements made by Bollywood celebs

MUMBAI, Oct. 9: Actress turned radio host Neha Dhupia, is making all the right noise with her special lineup of Bollywood’s biggest stars gracing her show for a #NoFilter chat. Recently, actress Sonam Kapoor made her presence felt by coming up with witty and naughty replies for a rapid question-answer…

Cute as kids, superstars as adults

MUMBAI, Oct. 12: Amitabh Bachchan is the biggest superstar of Bollywood at present who has made age seem nothing but just a number. The ‘Shahenshah’, who sleeps little and has the devotion of a newcomer towards his profession, has uncountable films and trophies to his credit and hasn’t left any…

Video

Find Us on Facebook

From Social

Tokyo (Japan), Sept. 13: A new leadership assumed responsibilities at the Non Resident Nepalese Association (NRNA), Japan on Sunday. The new office bearers took oath of office and secrecy after a long fought battle resulting from dissatisfaction from those who…

Lama led officials assume responsibility in NRNA Japan